विराटनगर / लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित विराटनगरको अलगअलग स्थानबाट दुईजना पक्राउ परेका छन् ।
मोरङको बिराटनगर महानगरपालिका १५ र १७ बाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो ३ बजे विराटनगर १५ ढाट स्थित भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बिराटनगर १० का ३९ बर्षीय मेघराज मण्डललाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २६ ग्राम ३७ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
यसैगरी विराटनगर १७ इस्लामपुरबाट ६ ग्राम १ मिलिग्राम ब्राउनसुगर सहित भारत जोगवनीका ३२ बर्षीय मोहमद इभरामलाई अस्थाई प्रहरी पोष्ट मटेरुवा र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
बुधबार पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले बिहीबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।
प्रतिक्रिया