इलाम २ मा माओवादीबाट धिरेन्द्र शर्मा सिफारिस

सोमबार, १९ चैत्र २०८०
इलाम /  माओवादी केन्द्र इलाम जिल्ला कमिटीले इलाम क्षेत्र २ को उपनिर्वाचनमा धिरेन्द्र शर्मा रमणलाई उम्मेदवार बनाउन प्रदेशमा सिफारिस गरेको छ । चैत १३ मा चार जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला कमिटीले पुनः केन्द्रीय सदस्य शर्माको मात्रै नाम प्रदेशमा पठाएको हो । केन्द्रीय सदस्य शर्माले जिल्लाले आफ्नो एकल नाम प्रदेशमा पठाएको र प्रदेशबाट सोमबार नै केन्द्रमा सिफारिस हुने पनि जानकारी दिए । शर्माका अनुसार केन्द्रीय कमिटीले सत्तारुढ दलसँग पनि छलफल गरी बझाङमा हुन लागेको प्रदेशसभा निर्वाचनको उम्मेदवारसमेत सहमतिका आधारमा टुङ्ग्याउने सम्भावना रहेको बताए । माओवादीले गत १३ गते केन्द्रीय सदस्य शर्मा तथा प्रदेश कमिटी सदस्य त्रय उर्मिला तामाङ, अनिल बराइली र ओम गुरुङको नाम प्रदेश कमिटीमा सिफारिस गरेको थियो । इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार