पर्वतको जलजलामा दम्पती मृत भेटिए, हत्याको आशंकामा अनुसन्धान सुरु

मंगलबार, २० चैत्र २०८०
काठमाडौं / पर्वतको जलजला गाउँपालिकामा एक दम्पती मृत भेटिएका छन् । जलजला गाउँपालिकाको वडा नम्बर २ मा श्रीमान–श्रीमती मृत फेला परेको वडाअध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले जानकारी दिए । श्रीमान् सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमलाको शव मंगलबार बिहान घरभित्रै मृत फेला परेको क्षेत्रीको भनाइ छ । घटनास्थल रगताम्मे रहेकाले कसैले हत्या गरेको हुन सक्ने उनले बताए । प्रहरी टोली घटनास्थल पुगेको छ । घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार