गण्डकीको मुख्यमन्त्रीबाट आजै राजीनामा दिने तयारीमा पाण्डे

बुधबार, २१ चैत्र २०८०
गण्डकी  / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा दिने तयारी गरेका छन् । अहिले बिहान केहीबेरमा आफ्नो राजीनामा प्रदेश प्रमुख डिल्लीराज भट्टलाई बुझाउने उनको तयारी छ । उनले मन्त्रिपरिषद् बैठक बोलाएर पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिँदै आफूले राजीनामा दिने ब्रिफिङ गरेका थिए । मुख्यमन्त्री पाण्डेले अहिले बिहान ११ बजे राजीनामा बुझाउनेछन् । केन्द्रीय गठबन्धनमा फेरबदल आएसँगै २३ फागुनमा माओवादी केन्द्रले पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने उनको बाध्यता छ । तर, विश्वासको मत पाउने सम्भावना नदेखिएपछि उनले राजीनामा दिने तयारी गरेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार