नेपथ्य ब्यान्डको कन्सर्ट चैत ३० गते बिर्तामोडमा

बुधबार, २१ चैत्र २०८०
झापा  । नेपथ्य ब्यान्डको कन्सर्ट चैत ३० गते बिर्तामोडमा हुने भएको छ । श्रीद्धि इभेन्ट्सले कन्सर्ट गर्न लागेको हो । कन्सर्टबाट आउने मुनाफाको १० प्रतिशत रकम डोमालालको घर निर्माणका लागि सहयोग गरिने भएको हो । जग्गादाता स्व. डोमालाल राजवंशीको घर निर्माणका लागि १० प्रतिशत रकम प्रदान गरिने बताइएको छ । आगामी चैत ३० गते डोमालाल राजवंशी रङ्गशालामा  न्यू इयर इभ अन्तर्गत हुन गइरहेको नेपथ्य ब्यान्डको कन्सर्टबाट हुन आउने मुनाफाको १० प्रतिशत रकम डोमालालको घर निर्माणका लागि सहयोग गरिने सामाजिक सञ्जालमा उल्लेख गरिएको छ । डोमालाल राजवंशीको घरको लागि सहयोग जुटिरहेकोश्रीद्धि इभेन्ट्सले पनि राजवंशीको घर निर्माणका लागि सहयोग गर्न लागेको झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतले डोमालालको घर निर्माण गर्न आफ्नो व्यक्तिगत तर्फबाट ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै सो अभियानको शुरुवात गरेका थिए । डोमालाल राजवंशी रंगशालालाई जग्गा दान गरेका डोमालालको परिवारको अवस्था दयनीय बनेपछि अध्यक्ष बस्नेतको आव्हान घर निर्माणका लागि १० लाख रुपैयाँ संकलन भइसकेको जनाइएको छ । त्यस्तै डोमालालको घर निर्माणका लागि नेप्लिज टिन्सले पनि आर्थिक संकलन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार