राष्ट्रिय मावि इटहरीमा विद्यार्थीको चाप अत्याधिक-३१२ सिटमा ७ सय १४ जनाको आवेदन

शुक्रबार, ०७ बैशाख २०८१
नवीन दाहाल इटहरी । राष्ट्रिय माध्यमिक विद्यालय इटहरीमा भर्ना हुन चाहने विद्यार्थीको संख्या अत्याधिक बढेको छ । इटहरी–१ आपगाछीमा रहेको उक्त सामुदायिक विद्यालय पढ्न आउने विद्यार्थीको संख्या धेरै देखिएको हो । अङ्गग्रेजी माध्यममा पढाईने पढाइ पनि गुणस्तरीय बनाइएपछि विद्यार्थी र अभिभावक आकर्षित भएका हुन् । शैक्षिक बर्ष २०८१ का लागि ७१४ जनाले नयाँ भर्नाका लागि दरखास्त आवेदन दिएको सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले बताए । अत्याधिक विद्यार्थी बढेपछी  इन्ट्रान्स लिएर विद्यार्थी छनोट गरिने गरेको सुवेदीले बताए ।
नयाँ भवन, सुविधायुक्त प्रयोशाला, सफा खाजा घर तथा अङ्ग्रेजी माध्यममा पढाइ हुने यो सामुदायिक विद्यालयमा हरेक दिन विद्यार्थी बढिरहेका छन् । विद्यालयले नयाँ शैक्षिक बर्षका लागी  कक्षा १ देखि ९ सम्म कुल ३१२ सिटमा भर्नाका लागि दरखास्त आह्वान गरेको थियो । जसमा अन्तिम दिन विहीबारसम्म ७ सय १४ जनाले आवेदन दिएको विद्यालय प्रशासनले जनाएको छ । आवेदन दिनेमध्ये धेरैजसो विद्यार्थी निजी विद्यालय छाडेर यहाँ भर्ना हुन चाहने रहेको सहायक प्रधानाध्यापक सुवेदीले जानकारी दिए ।
‘हामीकहाँ भर्ना हुन चाहने धेरै जसो विद्यार्थीहरु नीजिबाट आएका छन् । अन्यत्र सरकारी विद्यालयमा पढेर बसाई सरेर आउनेहरु मात्र सरकारी विद्यालयका विद्यार्थी छन्,’ सुवेदीले भने । आवेदन दिने विद्यार्थीको घुइँचो लागेकै कारण गत बर्षदेखि नै वर्ष विद्यालयले लिखित परीक्षा र मौखिक परीक्षा लिन थालेको प्रधानाध्यापक सरणकुमार बस्नेतले बताए । विद्यालयले विगतका वर्षमा पनि नयाँ भर्नाका लागि लिखित परीक्षा लिदै आएकोमा यस वर्षदेखि थप मौखिक परीक्षा पनि लिएको प्रधानाध्यापक  बस्नेतले बताए । विद्यार्थीको चापलाई मध्यनजर गर्दै यस बर्षदेखि चारवटा सेक्सन थपिएको समेत उनले बताए । सस्तो दरमा बोर्डिङ्ग भन्दा राम्रो शिक्षा प्रदान हुने भएपछी आफुले आफ्नो छोरालाई इन्ट्रान्स परीक्षामा सामेल गराउन आएको स्थानिय तारा कार्कीले बताइन् । ‘मैले मेरो छोरालाई इटहरीको निजी स्कुलमा पढाईरहेको थिए तर महंगो शुल्क र निजी स्कुलको भौतिक पुर्वाधार पनि त्यति राम्रो नभएकाले गर्दा यता पढाउन चाहेकी हुँ’ यहाँको पढाइ बोर्डिङ्ग स्कुल भन्दा कम छैन’ उनले भनिन् । विद्यालयमा हप्तामा ६ दिन नै ६ प्रकारका अर्गानिक खाजा समेत खुवाईने भएकाले गर्दा निजी स्कुल छाडेर राष्ट्रिय मावीमा आफ्नो छोरा पढाउन चाहेको बताईन् । गुणस्तरीय पढाई र खाजाको ब्यबस्थाभएको कारण आफुले आफ्नो भतिजलाई राष्ट्रिय मावी इटहरीमा पढाउन चाहेको नवराज पौडेल बताउँछन् । वोर्डिङ्ग स्कुलको जस्तै राम्रो पढाइ र यातायातको सुविधा भएको कारण आफ्नो भाईलाई इन्ट्रान्स परीक्षामा सामेल गराउन ल्याएको सुमित्रा नेपालले बताईन् । इटहरी १७ वालग्रामको एउटा निजी स्कुलमा पढ्दै गरेको भाईले इन्ट्रान्स परीक्षामा उतिर्ण गरेमा पढाईमा पढाईमा राम्रो प्रगति गर्न सक्ने उनले बताईन् ।
इटहरीमा  नाम चलेकादेखि मध्यम र सामान्य सबै स्तरका निजी विद्यालयका विद्यार्थीको रोजाइमा राष्ट्रिय मावी पर्न थालेको यहाँका शिक्षक बताउँछन् । ४ कक्षादेखि सेक्सन बनाएर विद्यार्थीहरुलाई नेपाली र अङ्ग्रेजी दुवै माध्ययममा विद्यार्थीहरुलाई अध्ययन गराउँदै आईएको छ । कक्षामा दुईवटा सेक्सन सञ्चालन गरिएको छ । विद्यार्थीको चाप बढेपछि विद्यालय प्रशासनले बिहान पनी कक्षा सञ्चालन गर्दै आएको छ ।
विद्यालयमा पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । यस विद्यालयबाट यसपालि १०५ जना विद्यार्थी एसईईमा सहभागी भएका छन् । विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीहरुले सुरुमा लिखित परीक्षा र पछी मौखिक परीक्षा लिईदै आएको छ । विद्यार्थी संख्या बढेसँगै विद्यालयले पनि कक्षा क्षमता विस्तार गर्दै आएको छ । विद्यालयमा पर्याप्त भौतिक पूर्वाधार र जनशक्तीको अभाव भएकाले भर्ना हुन चाहने विद्यार्थीहरुलाई पनि भर्ना गर्न नसक्ने गरिएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कोविदजङ्ग कार्कीले बताए । आगामी दिनमा भौतिक पुर्वाधार र जनशक्ति थप्ने योजना रहेको उनले बताए । आगामी बर्षमा ‘स्थानीय र प्रदेश सरकारसगँ समन्वय गरेर भौतिक पुरवाधार र जनशक्ति थप्ने योजना छ’, अध्यक्ष कार्कीले भने ।
२०१३ सालमा स्थापना भएको विद्यालयमा प्राविधिक शिक्षा समेत पढाइ हुँदै आएको छ । विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा विषय समूहमा पठनपाठन हुने गरेको छ । डिप्लोमा इन सिभिल इन्जिनियरिङको पनि पठनपाठन हुने गरेको छ । विद्यालयले दुईवटा बसमार्फत यातायत सुविधा समेत प्रदान गर्दै आएको छ विद्यालयले जनाएको छ ।
विद्यार्थीको घुइँचो लागेकै कारण यस वर्ष विद्यालयले ५० पूर्णङ्कको लिखित परीक्षा र १० पूर्णङ्कको मौखिक परीक्षा लिएको प्रधानाध्यापक सरणकुमार बस्नेतले बताए । विद्यालयले विगतका वर्षमा पनि नयाँ भर्नाका लागि लिखित परीक्षा लिदै आएकोमा यस वर्षदेखि थप मौखिक परीक्षा पनि लिएको प्रधानाध्यापक सरणकुमार बस्नेतले बताए ।

प्रतिक्रिया

नवीन दहाल
लेखकको बारेमा
नवीन दहाल

सम्बन्धित समाचार