वेस्टर्न युनियनका प्रमुख एजेन्टहरूद्वारा दस तोला सुन विजेताको नाम सार्वजनिक

विहीबार, ०८ मंसिर २०७९
वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरूले आफ्नो दसैँ लक्षित सुनपती अभियानको विजेता रेविका सुनुवारको नाम सार्वजनिक गरेका छन्, जसमा विजेताले बम्पर लक्की ड्र मार्फत १० तोला सुन जितेकी छन् । वेस्टर्न युनियनका सुपर एजेन्टहरू, एटीटी रेमिट, सिजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैङ्क र सूर्य रेमिटका प्रतिनिधिहरूका बिच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो । नेपालमा पच्चीस वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दसैँ, तिहार र छठलाई लक्षित गरी ुदस तोला सुनपती, दस हप्तासम्म उपहार कति कतिु अभियान सुरु गरेको थियो । दस तोला सुनबाहेक भाग्यशाली विजेताहरूले प्रत्येक हप्ता, दस हप्तासम्म लक्की ड्रबाट दस दस जनाले चाँदीका सिक्का, मिक्सर ग्राइन्डर र इन्डक्सन चुलो पनि जितेका छन् । अभियानमा अहिलेसम्म तीन सय विजेताले उल्लेखित पुरस्कारहरू प्राप्त गरेका छन् । वेस्टर्न युनियनले सन् १९९६ देखि विश्वका २०० देशहरू बाट पैसा पठाउन र नेपालमा प्राप्त गर्ने सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार