इटहरी खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा यामकुमार सुब्बा निर्वाचित

शनिबार, २२ बैशाख २०८१
इटहरी : इटहरी खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा यामकुमार सुब्बा निर्वाचित भएका छन् । नेकपा एमाले इटहरी नगर अध्यक्ष समेत रहेका सुब्बा नेतृत्वको प्यानलै निर्वाचित भएको हो । नेपाली काँग्रेस, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी सहितको गठबन्धनलाई हराउँदै एमालेले पुनः खानेपानीको नेतृत्व लिएको हो । सुब्बाले १२५ मत ल्याउँदा गठबन्धन प्यानलबाट अध्यक्षका उम्मेदवार ठमनाथ लम्सालले ४७ मत मात्र पाएका छन् । उपाध्यक्षमा एमालेकै प्रेम बस्नेतले १२२ मत पाउँदा रमेश अधिकारीको पक्षमा ४८ मत खस्यो । त्यस्तै निर्वाचन समितिबाट राजीनामा दिएर महासचिवमा उम्मेदवारी दिएका एमाले उम्मेदवार शालिग्राम ढकाल विजयी हुँदा काँग्रेसका बालकृष्ण विष्टले ५३ मत पाए । सचिवमा लोकनाथ भट्टराईले १३० मत र कोषाध्यक्षमा गङ्गा प्रसाद दाहालले ११८ मत पाए । बाँकी १० जना कार्यसमिति र ५ सदस्यीय लेखा समितिमा पनि एमाले उम्मेदवारहरू विजयी भएका छन् । चैत्र २४ गते वडा प्रतिनिधिको निर्वाचन भएको थियो । वडा प्रतिनिधि सहित वर्तमान कार्यसमिति र लेखा समिति सहित १८३ मतदाताले मतदान गर्ने पाउने व्यवस्था थियो । १८३ मध्ये २ जनाको यसबिचमै मृत्यु भइसकेको र ३ जना मतदानमा अनुपस्थित भए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार