होलीको दिन खुकुरी प्रहार गरी औला काटिदिने इटहरीका युवा झापाबाट पक्राउ

मंगलबार, २५ बैशाख २०८१
इटहरी : होलीको दिन खुकुरी प्रहार गरी  फरार भएका एक इटहरीका एक युवालाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । इटहरी १ निवासी सन्देश निरौलालाई खुकुरी प्रहार गरी फरार रहेका इटहरीकै पासाङ तामाङलाई झापाको शिबसताक्षि नगरपालिकामा आफन्तकोमा लुकेर बसिरहेको समयमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले  जनाएको छ । तामाङले खुकुरी प्रहार गर्दा निरौलाको बुढी औला छिनेको र शरीरका अन्य भागहरूमा समेत चोट लागेको प्रहरीको भनाइ छ । पक्राउ परेका तामाङ लाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइ अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार