इलामबाट लागुऔषध ब्राउन सुगर र गाँजा सहित २ जना पक्राउ

मंगलबार, २५ बैशाख २०८१
इलाम - इलाम जिल्लाको विभिन्न स्थानहरूबाट लागुऔषध ब्राउन सुगर र गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलामको सूर्योदय नगरपालिका-१० फिक्कल स्थितबाट झापा बुद्दशान्ती-१ का ३५ वर्षीय प्रकाश कार्कीलाई प्र१-०१-००१ ह ८२८६ नम्बरको अटो सहित प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ४३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । त्यस्तै प्रहरी चौकी तिन घरे इलामबाट खटिएको प्रहरी टोलीले सूर्योदय-११ स्थितबाट लागुऔषध गाँजा ४ के.जी. सहित स्थानीय ३१ वर्षीय देवेन्द्र राईलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार