काठमाडौँ : वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरूले आफ्नो नयाँ वर्ष लक्षित “नगदमा हर्ष बनिरहोस्, नयाँ वर्ष शुभ रहोस्” अभियानको विजेता, शबाना प्रवीण को नाम सार्वजनिक गरेका छन्, जसमा विजेताले बम्पर लक्की ड्र मार्फत एक लाख प्राप्त गरेकी छिन् ।
वेस्टर्न युनियनका सुपर एजेन्टहरू, एटीटी रेमिट, सिजी फिन्को, हुलास रेमिटेन्स, माया रेमिट, नबिल बैङ्क र सूर्य रेमिटका प्रतिनिधिहरूका बिच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो ।
नेपालमा सत्ताइस वर्षभन्दा बढी समयदेखि रेमिटेन्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले नयाँ वर्ष लक्षित गरी “नगदमा हर्ष बनिरहोस्, नयाँ वर्ष शुभ रहोस्” अभियान सुरु गरेको थियो ।
बम्परमा रु एक लाख बाहेक, पाँच हप्तासम्म पैँतिस भाग्यशाली ग्राहकहरूले पन्ध्र हजार जित्ने मौका पनि प्राप्त गरेका थिए ।
नेपालकै पहिलो रेमिटेन्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरूलाई सन् १९९६ देखि विश्वका २०० भन्दा बढी देश र क्षेत्रहरूबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया