कुमारी श्रेया
जब उसले पहिलो पल्ट पारुल दि को सच्चाई थाहा पाएकी थिइन् त्यति खेर उसले जीन्दगीको वास्तविक मुहारबाट परिचित भएकी थिइन् ।पारुल दि को प्रसंग त धेरै पछि आयो, त्यो भन्दा पहिले आएको थियो विनय भाई अर्थात छोरा जसले गर्दा वंश अगाडि बढछ । यो वंश वृक्ष उम्रिने वितिकै उ तुलसीको बोट समान भईन् । जसको स्थान सधै घर बाहिर नै हुन्छ ।
पहिले पहिले त उ सधै आमा सँगै सुत्ने गर्थिन्, तर आज आमाको प्यारो छोरा, विनय भएको छ । एक्लै उसलाई छेउको सानो कोठामा सुत्न लगाइयो, त्यति खेर ति सानी–नानी कलिलो विरुवा झै चार पाँच वर्षकी थिइन् होला । वितेको समयलाई आजपनि केलाउदा उ एक्लै एकान्तमा बसी घन्टौ सम्म रुन्छिन् ।
आमा एका विहानी उठी नुहाईधुवाई गरी हाथमा पूजा साम्रगी लिएर मंन्दिर जानुहुन्छ र कुनै पंडित बा वा तांत्रिक जोगीलाई ल्याएर घरमा पूजापाठ, होमजाप, यज्ञ, भतिm अनुष्ठान आदि धार्मिक कामहरु गराइराख्नुहुन्छ । जसमा परिवारजनको उपस्थिति पनि उत्ति नै अनिवार्य हुन्छ । कहिले काहि त होमको धुवाले शास फुल्न थाल्छ तर पनि त्यहि बस्नु पर्छ । आज पनि स्मरण छ, एक दिन पूजाकै समयमा हाछ्यु अएको थियो र पूजा रोकिएको थियो । पंडित बा पूजा छोडेर, रिसले भन्नु भयोः अनर्थ र अशुभको संकेत हो यो, भनेर जानु भयो । त्यसपछि आमाले वेसरी पिटनु भयो र गालि गर्नु भयो । त्यसै क्रममा बाबाले भन्नुभयोः ऊ अहिले सानो छ, यसको के गल्ति छ । होमको अग्निमा के–के हालिन्छ जसले गर्दा हामी ठूला–बडालाई त खोकि लाग्छ, भन्ने यो त सानी नानी हो । छोर देउ यसलाई । त्यस पछि आमाले जोरले भन्नुभएको थियो, तपाँई चुप लाग्नुस, म सब जान्दछु त्यसै डायनले यो जोग गरेको होला । त्यसैले त आजसम्म म छोराको आमा बन्न सकेको थिइन ।
थाहा छैन किन हो, बाबा चुपलागेर आफ्नो कोठा तिर लाग्नु भयो । त्यो घटना पछि डरले सिकुडेकि बच्चा एकलै सानो स्वरमा रोईरहे । अर्को दिन आमाको आदेश थियो, पंडित बा आउनु भन्दा अगाडि नै बाबाले उसलाई छिमेकी को घर पुर्याई दिनु भयो । त्यस पछि बाबा आएर पूजामा बस्नु भयो । विधिवत पूजा सम्पन्न भए पछि बाबाले फेरी लिन जानु भयो ।
घर आउने समयमा उसले बाबाको हाथ समातेकी थिइन् । अचानक उसले सोध्छ, “बाबा डायन काहाँ बस्छ ?”
बाबा चुपचाप हिडिरहनु भयो । उसले फेरि भनिन्, “भन्नुस न बाबा ।”
जहाँँ पनि हुन्छ, उसको आफ्नो घर हुदैन । बाबाले भन्नुभयो ।
उसले सोधिन् – उसको घर हुदैन ?
बाबाले भन्नुभयो, हुदैन् ।
अनि उसको परिबार ? उसले भनिन् ।
जब घर नै हुदैन भने कस्तो परिवार, एक्लै हुन्छ । बाबाले हप्काउदै भन्नुभयो र घर भित्र प्रवेश गर्नुभयो ।
त्यहि राति उसलाई धेरै डर भइरहेको थियो । पटक–पटक निदाउने प्रयास गरिन् तर सकिन् । फेरि आमालाई गएर भनिन्ः “आमा मलाई धेरै डरलागि रहेको छ ”। एकपछि अर्को पटक सुन्नेवितिकै आमाले उसको हात समातेर बाबाको ओछयान नजिक लगेर भन्नुभयोः “सम्हाल्नु्ुुुस आफ्नो छोरीलाई ”।
उ डराएकि थिइन् र बाबालाई समातेर निदाउन चाहन्थिन तर एउटै प्रश्न पटक पटक मनमा आइरहेको थियो, के म नै डायन त होइन ? वा डायन म जस्तो हुन्छ ? डरको यो क्रम चलि रहयो । विनय भाई आईसके पनि निरन्तर चलिरहयो । सानो भाई विनयसँग खेल्न र खेलाउन चाहन्थिन् तर आमाले कहिले छुन समेत दिनु भएन । बाबाले भन्दा पनि आमाले कहिले मान्नु भएन ।
बाबा बजार जादाँ आउदा विनयको लागि अनेकौं रंग–विरंगका खेलौनाहरु लिएर आउनु हुन्थ्यो तर उसको लागि कहिले केहि ल्याउनु भएको थिएन् । बाल्यकालको मनस्थितिमा सोचथिन् । बाबालाई सोधथिइन, “बाबा मेरोलागि यस्तो खेलौनाहरु किन ल्याउनु भएन” ।
केहि दिन पछि भाई स्कुल जान थालेको थियो र आमाले नयाँ जुत्ता, झोला, लुगाहरु ल्याउनु हुन्थ्यो । विनय भाईको पनि सवैकामहरु उसलाई नै गर्नु पथ्र्यो, यहाँ सम्मकि जुत्ता व्रश पनि उसले गरेर दिनु पर्थ्यो । कहिले काहि रिस उठेर उसले विरोध पनि गथ्र्यो त्यसैले आमा उसलाई वेसरी पिटनु हुन्थ्यो र भन्नु हुन्थ्यो छोरीजात काम गर्नुको लागि नै यो धर्तीमा आएको हुन्छ । बाबा चुप लागेर सुनिरहनु हुन्थ्यो ।
जबकी ती सानी अनु ठूली भई सकेकि थिइन् । एक दिनको कुरा छ, जाडोको समय थियो अनु नुहाउनको लागी पानि तताई रहेकी थिइन् । वाहिरबाट खेलेर विनिय आउँदा नुहाउने इच्छा आमालाई सुनायो । आमाले अनुलाई पानि दिन भन्नुभयो, तर अनु म पनि नुहाउछु भनिन् । तरपनि आमाले जबरजस्ती पानि लिएर विनयको वाथरुममा हालदिनु भयो । आमाले अनुलाई खालि भाडो थमाउदै भन्नु भयो छोरीलाई चिसो पानिले नुहाउनु पर्छ ।
विनय भले माया ममताको धनी थियो तर पढाइमा अत्यन्तै गरिब । एस.एल.सी. परिक्षाको आन्तरिक रिजल्ट आएको थियो । विनयको रिपोर्ट कार्ड हेरेर बाबा चिन्तामा डुब्नु भएको थियो, त्यतिकैमा आमा आउनु भयो । बाबाले आमालाई सोध्नु भयो, “विनयको रिपोर्ट हेर्नु भयो, यो सब तपाईको ममताले गर्दा भएको हो ।” आमाले रिसले भन्नुभयो, “हो मैले गर्दा नै भयो किनकी तपाइले कहिले केहि गर्नु नै हुन्न ।” म के गरिन् ? बाबाले सोध्नु भयो । आमा झर्केर भन्नुभयो, “के गर्नु हुन्छ, कहिले छोरा सँग वस्नु हुन्छ, पढाउनु हुन्छ, त्यसको लागी त कहिले फूर्सत नै छैन । बाबाले फेरि भन्नुभयो, विनयलाई अब बोडिंग पढाउनु पर्छ । आमाले भन्नुभयो “विनयलाई किन पठाउनु पर्छ, पठाउनु नै छ भने आफ्नो प्यारी छोरीलाई पठाउनुस न ।”
बाबा त्याहाबाट चुपचाप उठनुभयो र वाहिर जानु भयो किन भन्ने त्यो भन्दा बढी अपमानित हुने उहाँको मन थिएन् ।
केहि दिन पछि एस.एल.सीं मा अनु प्रथम श्रेणीले पास भईन तर भाई विनय फेल भयो । अनुलाई बाबाले अगाडि पढाइको लागि होस्टलमा लगेर भर्ना गराई दिनु भयो । अनु कहिल्यै घरवाहिर बसेकी थिइन् । त्यहि पहिलो पल्ट पारुल दि संग भेटे कि थिइन् तर उसलाई पुरा सच्चाई पछि थाहा हुन्छ । सुप्रिटेंन्डेन्ट पारुल दी को सच्चाई यस्तो पनि हुन सक्छ भने उसले सोच्न पनि सकदिन्नथी ।
भोलि विहान क्लास जाने बाटोमा पारुल दि भेटिन् । उहाँले सोध्नु भयो “होस्टलको पहिलो राती कस्तो भयो ?” ऊ चुपचाप थिइन्, तर उसको रुममेट सुनीताले भनिन्, “मैडम, यो त रातभरी रोएर बसेकी थिइन्” । पारुल दिले उसलाई वेलुकाको समयमा आफ्नो क्वार्टरमा आउन भनिन् ।
उनी क्वार्टर पुगिन । त्यस पछि क्वार्टर जानु आउनु लागी रहयो । कहिलेकाही बाबा पनि आउनु हुन्थ्यो । एक दिन बाबा आउनु भएको थियो । उहाँले सोध्नु भयो, “कस्ती छौं अनु ?”
उसले भनिन् “ठिक”
“धेरै मन लगाएर पढनु, किनकि तिमीलाई विना कसैको मद्दत अफै अगाडि बढनु पर्छ” बाबाले अनुलाई भन्नुभयो ।
“म बुझिन बाबा” उसले भनिन् ।
“बुझछौं...छोरी, जब पढि लेखी केहि गर्न चाहन्छौ र विना कसैको मद्दतले सफलता पाउछौं । त्यति खेर मेरो कुराको अर्थ बुझछौं । मेरो कारण तिमिलाई धेरै दुःख सहनु पर्यो । “त्यति भन्दै बाबाको आखाँ आसुले भरियो र बाबा त्यहाँ बाट उठेर जानु भयो ।
विस्तारै–विस्तारैै अनु कलेज र हाँस्टलमा रमाउदै गइन् । एक दिन अचानक क्वार्टर पुग्दा त्यहाँ पारुल दि थिइन् । एकछिन वसिन्, तर मन लागिरहेको थिएन, त्यसपछि यता उता सामानहरु छु–छा गर्न थालिन । एउटा किताब लिन खोजिन जब उनले त्यो किताब उठाइन्, त्यसको पछाडि रहेको रंगविरंगी चुराहरु धेरै मात्रामा सजाएर राखिएको थियो । तर आश्चर्यको कुरा यो छ कि पारुल दि कहिले चुरा लगाउनु हुन्, मात्र एउटा कालो पटिबाला घड़ी लगाउनु हुन्थ्यो । चुरा र श्रृगारको सामान हेरी अनु छक्क परिन् किनकि ती सव पारुल दि को सामान थियो ।
डरले गर्दा अनु त्यो किताब फेरी त्यही ठाउँमा राखदिइन् । त्यसपछि उनी त्यहाँ बाट आफ्नो कोठा तीर गइन् । त्यो दृष्य पटक–पटक उसको मनमा आइरहेको थियो । तर त्यो समय उसको त्यो व्यथा बुझने कोइ पनि नजिक थिएन् । सुनीता पनि आफ्नो घर गएकी थिइन् ।
नीन्द्रा कसैको स्पर्शले टुटयो । छेउमा पारुल दि बसिरहनु भएको थियो, उहाँले सोध्नु भयो “के भयो अनु ? किन यति छिटो सुतेकी ? तिमि मलाई खोज्न क्वार्टर गएकी थियौं ? ”
अनु उठेर बसिन् र भनिन् “एक्लै थिए त्यसैले तपाई कहाँ गएकी थिए” । अनु चोर नजरले पारुल दि को खाली हातहरु हेरिरहेकी थिइन् र सोधिन् “दिदि तपाई चुरा किन लागउनु हुन्न् ? ”
पारुल दि ले भन्नु भयो “म सँग छैन, त्यसैले लगाउदिन्” । अनुलाई थाहा थियो दिदि झुठो बोलिरहनु भएछ । तर पनि फेरि सोधिन् “तर अरु म्यामहरुले लगाइरहनु भएछ । तपाई पनि लगाउनुुस् न दि राम्रो लाग्छ । ” त्यस पछि पारुल दि ले अनुलाई भनिन्, “मलाई धेरै काम छ, अहिले म जान्छु, गुडनाइट” । भन्दै दि त्यहाँ बाट जानु भयो तर अनु त्यो घटनाहरु समझी रहिन् ।
भोलि विहान सुनीता क्लासमा आइन् । सुनीताले अनुलाई र अनुले सुनितालाई केहि विषेश भन्न चाहन्थिन् तर क्लासमा संभव थिएन् । एकछिन पछि क्लास छुटियो । सुनीताले भनिन् “अनु एउटा धेरै जरुरी कुरा छ ।” फेरि अनुले भनिन् “सुनिता मेरो कुरा पहिले सुन्न, तेरो पनि सुन्छु” । भन्दा भन्दै सुनिताले पहिले आफ्नो कुरा भनिन्, “थाहा छ, मेरो ठूली दि र पारुल दि सँगै पढनु भएछ । पारुल दि सँगै मेरी दि रुममेट हुनुहुन्थ्यो । जब म भने, पारुल दि हाम्रो सुप्रिटेन्डेंट हुुनुहुन्छ । त्यसपछि उहाँले राम कहानि सुरु गर्नु भयो ।
पारुल दि सधै आफ्नो ब्याचको टपर हुन्थे । वी.ए. पढदा पढदै कसै सँग अफेयर सुरु भएको थियो । पारुल दि टपर भएर उहा सँगै एम.ए. जोइन गर्नुभएको थियो । अरु साथीहरुले उनीहरुको जोडीलाई यंग कपलको संज्ञा दिएको थियो ।
(जिज्ञासाको साथ अनु भनिन् “त्यस पछि...”)
फेरि सुनिता आफ्नै तालमा रमदै गइन् । एम.ए. मा पारुल दि टप हुनुभयो तर केटो चाहि सफल हुन सकेनन् । त्यसै बिचमा केटो अकैै केटि सँग बिहे गरे ।
सच्चाईको सामना गर्न सकिनन् पारुल दि, उहाँले त्यो शहर सधैका लागि छोडेर गइन् । तर पारुल दि को यादमा त्यो केटो सधै बसी रहियो । त्यस पछिको पारुल दि र अहिलेको पारुल दि त्यहि अवस्थामा हुनुहुन्छ ।
यि कुरा सुनेर अनु भोलि विहानै पारुल दि को कोठा पुगीन् । कुराकानीकै क्रममा उसले दि लाई सोधिन् “तपाई कहिले घर जानुहुन्छ, कहिले परिवारको तर्फबाट पनि भेटन कोई आउदैन, किन दि ?” भनेर सोधिनु अनुले ।
“मेरो कुनै घर छैन, न त कुनै परिवार छ, म अनाथ हू, हो तर म पढाईमा राम्रो थिए त्यसैले स्कलरसिपमा पढदै गए र आज यहाँ आई पुगेकी छु ”।
अनुले फेरि सोधिन, “कोई पनि छैन दि ?”
“छ नि तिमी सबै त मेरो परिवार नै हौं,” दि ले भनिन् ।
इंटरमीडियटको रिजल्ट आयो र पहिले श्रेणीको अंकले अनु पास गरिन् । बाबाले अगाडी पढाउन चाहेकै थिए तर त्यतिमै आमाले विरोध गरनुभयो. । आमाले अनुको विहेको लागी केटा खोज्न भन्नु भयो, किनकी छोरी जात, धेरै पढनु राम्रो होइन् । उहाँको सोच थियो ।
बाबाले पढाईको पक्षमा बोल्नु नै भयो कि, आमा ज्वालामुखी झै फुटनु भयो । र सारा सच्चाई वाहिर आयो । आमा बोलिन् “के हुन्छ एम.ए., वि.ए. पढेर । एउटा सानो नोकरी पनि पाउन सक्नु भएन् । मेरो बुवाको कारण यो नोकरी छ । उहाँको जस्तो सोर्स छ तपाई सँग ? के सोचेर छोरीलाई त्यति पढाई रहनु भएछ ? ”
बाबा चुपचाप कोठा बाहिर लाग्नु भयो । आमा बोल्दा बोल्दै छिमेकिको घर तिर लाग्नु भयो र अनु त्यहि बाबाको पढने टेवलमाथि टाउको राखेर रोइरहिन् । एक छिन पछि त्यहि टेवलमा राखेको एउटा सानो नोट पढिन् । त्यस नोटमा लेखिएको थियो– “तिमिले मलाई खोजिनै हाल्यौं । तिमीले अपमानित जीवन जीउने कुरा गरेका छौं तर त्यसमा तिम्रो श्रीमतीको के दोष । वेरोजगारी, जात, धर्म, डरको कारण तिमिले मलाई छोडि धनी चेअरमैनको छोरी सँग विहे गर्यौं । अरुको पद खोसि जागीरे बनेका छौं । यो स्वार्थको मार्ग तिमी आफैले रोजेका हौं । त्यसमा कसैले के गर्न सक्छ । यो अपमानको काराबासबाट तिमीले स्यमं नै छुटकारा पाउनु पर्छ । आफ्नो प्रतिभालाई आफैले चमकाउनु पर्छ । परिक्षामा पास र फेल त चलिरहन्छ तर म आज पनि त्यो प्रतिभाशाली अविनाशलाई हेर्न चाहन्छु । मैले क्षमा गर्नु पर्ने त कुनै प्रश्न नै आउदैन् । तिमी आफैले आफूलाई सजाय दिएका छौं । जहिले तिमी विना कसैको मद्दतले आफ्नो पहिचान बनाउछौं, मलाई थाहा छ, त्यो दिन तिमी आफूलाई माफ गर्नेछौ । “मेरो लागि यति गर्न सक्छौ अविनाश ? ”
यो नोट पढेर अनुलाई बाबाको त्यो लाइनहरु को अर्थ बुझन सफल भइन् । बाबाले भन्नु भएको थियो “खुव मनलगाएर पढनु, आफ्नो साहारा आफै बन्नु” ।
त्यसपछि त्यो भन्दा अगाडी पढिन् ।
त्यसपछि त्यो भन्दा अगाडी पढिन् । “त्यो शहरमा मेरो नौकरी लागेको थियो तर म त्यहाँ आउन सकिन् किनकि आज त्यो शहर तिम्रो मात्र हो । त्यो शहरले मलाई कुल्टा, अल्छिनी, ईसाई केटी र तिम्रो रखेलको नामले सम्मानित गरेको छ । आज पनि त्यहाँका मानिसले मलाई विर्सेको नहोला । मैले तिमिलाई माया गरे तिमिले मलाई, तर तिम्रो विहे पछि म तिम्रो अर्की युवती तथा रखेलको रुपमा चिनिएको छु । एक छिनको लागि लाग्यो मेरो यो जीवन व्यर्थ हो र त्यसलाई यही समाप्त पार दिउ तर म गर्न सकिन्न । माया, प्रेमको लागी तपस्याको जीवन रोजे । आज पनि मानिसहरुले मलाई शंकाको दृष्टिले हर्ने गर्छ तर मलाई अरुको साहाराको कुनै आवशयकता छैन् । किनकि म जे थिए आज पनि त्यहि पारुल छु । मेरो एउटा विन्ती छ, तपाईको कुनै त्यस्तो व्यवहार नहोस जसले मेरो तपस्यामा आच आउँछ ।
पारुल दि र बाबाको प्रेम–पत्र पढेर अनुको सबै रहस्यहरु छरलंग भईहाल्यो । जस्तै डायनको कुनै घर हुदैन् ।
एकछिनपछि बाबा कोठामा आउनु भयो र अनुलाई पढनको लागी सम्झाउनु भयो । भोलि विहान अनुलाई होस्टल पुर्याउनु भयो । त्यति खेर अनुको वी.ए. को कक्षा सुरु भएको थियो ।
एकदिन पारुल दि अनुलाई रातीको खानाको लागी निमन्त्रणा दिनु भएको थियो । अनु पारुल दि को क्वार्टर पुगिन् र हेरिन् दि पूर्ण बेहुलिको जस्तै श्रृगारले सु–सज्जित बनेर बस्नु भएको थियो । अनुले सोधिन् “यो सब के हो दि” ? उहाँले भन्नु भयो “थाहा छैन, तिम्रो बाबाले उपन्यास साहित्यमा अर्वाड पाउनु भयो, नाऊ हि इज द विग म्यान । अब उहाँको लागि गोष्ठि आयोजना हुन्छ, रेडियो, टि.भी.मा इन्टरव्यु भइरहन्छ । ”
पारुल दि को यो रुप हेरि धेरै भावुक भएकि थिइन् अनु । फेरि पारुल दि भन्छिनः “अरे म तिमिलाई खाना खानलाई बोलाएकि छु र कुरा मात्र गर्दै छु” ।
आज म धेरै खुशि छु, अनु मैले यो खुशी बाटन तिमिलाई रोजेकी छु । भन्दै उहाँको आखाँ रसायो र चुप लागनु भयो पारुल दि । फेरि अनु भनिन् म छु नि दि...., एक अर्कालाई समाउदै दुवै रुन् थालिन् ।
त्यसैक्रममा अनु भन्छिन्ः “तपाई डायन होइन दि, तपाई डायन होइन् । तपाई त तुलसीको बोट हुनुहुन्छ, जो घर बाहिर भएर पनि पूजाको पात्र हुन्छ । तपाई त्यो पवित्र बोट हुुनुहुन्छ । यसरी नै कुराकानी सँगै खाना खाई ओरी दुवै जना सुत्ने कोठा तिर लागिन् ।
प्रतिक्रिया