आजदेखि काठमाडौंका यी स्थानमा बिहान ११ देखि विद्युत आपूर्ति अबरुद्ध हुने

विहीबार, ०३ जेठ २०८१
काठमाडौँ : आजदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्ति प्रभावित हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आज नयाँबजार क्षेत्र, ५ गते नयाँबजार र क्षेत्रपाटी, ६ गते भीमसेनस्थानका साथै ८ गते भीमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ। प्राधिकरणले बुधवार एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकाले उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित भइरहेको जनाएको हो। प्राधिकरणका अनुसार आज नयाँबजार फिडरअन्तर्गत खुसिबु, सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल, ५ गते क्षेत्रपाटी फिडरअन्तर्गत टेकु, पुष्पलाल पार्क, ढल्कु, क्षेत्रपाटी धोविचौर, ठहिटी, पकानचोक, ज्याठा र कान्तिपथ, खुसिबु, सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ। त्यस्तै, जेठ ६ गते भीमसेन स्थान फिडरअन्तर्गत वडा नं। १२ वडा कार्यालय, ह्युमत, जैसीदेवल चिँकमुगल, भीमसेनस्थान, काष्ठमाण्डप, जेठ ८ गते भीमसेनस्थान, त्रिपुरेश्वर फिडरअन्तर्गत टेकु, पचली भैरव मन्दिर, बम्सीघाट, सवलबहाल, त्रिपुरेश्वर, विश्वनिकेत स्कुल, वडा नं। १२ वडा कार्यालयलगायत क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। फिडरअन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार