मैत्रीपूर्ण फुटसलको उपाधि मोबाइल व्यवसायी सङ्घ खनारलाई

विहीबार, ०३ जेठ २०८१
इटहरी: सुनसरी मोबाइल व्यवसायी सङ्घ इटहरीले आज गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरेको छ । इटहरी ५ स्थित कर्भड हलमा आयोजना गरिएको फुटसलमा कोशी प्रदेशका विभिन्न जिल्लाका ९ ओटा टिमले सहभागिता जनाएको थियो । प्रतियोगिताको उपाधि सुनसरी मोबाइल व्यवसायी सङ्घ खनारले जितेको छ । यसैगरी प्रतियोगिताको उपबिजेताका रूपमा मोबाइल मार्केटिङ सङ्घ इटहरीले चित्त बुझाएको छ । फुटसलमा इटहरीका २ ओटा टिम बाहेक मोरङको बेलबारी,गाईघाट,धनकुटाको हिले, दमक र सङ्खुवासभा गरी ९ ओटा टिमले सहभागिता जनाएको थियो । विजेतालाई नगद २१ हजार र ट्रफि साथै उपबिजेता टिमलाई ११ हजार सहित ट्रफि प्रदान गरिएको सुनसरी मोबाइल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष समीर बस्नेतले बताए । प्रतियोगितामा वेस्ट गोल किप्परका रूपमा विजेता खनारका विवेक पौडेल,हाई स्कोर गर्ने निर्मल थापा र उत्कृष्ट खेलाडीका रूपमा अभिषेक कालाखेति घोषित भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार