पाँचथरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

शुक्रबार, ११ जेठ २०८१
पाँचथर : मेची राजमार्ग अन्तर्गत हिलिहाङ ७ हेवाखोल नजिक शुक्रवार साँझ सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । ताप्लेजुङबाट झापा तर्फ जाँदै गरेको त्रिशक्ति कन्स्ट्रक्सन बा १७ च ७९९९ नम्बरको कालो रङ्गको फर्चुनर टोएटा करिब सडकबाट ३० मिटर मुनी खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ट्याक्सीमा दुई जना सवार थिए । दुर्घटनाबाट चालक नेपालगन्जका ३५ वर्षीय श्याम बिक को घटनास्थलमै मृत्यु भएको छ । घाइते रहेका इलाम जिल्लाका ३१ वर्षीय लक्ष्मण मुखियालाई थप उपचारको लागी झापा रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख कुलबहादुर बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार