युवतीलाई करणी गर्न खोजेर फरार युवा भैँसी करणी गर्दै गरेको अवस्थामा पक्राउ

शनिबार, १२ जेठ २०८१
ताप्लेजुङ / युवतीलाई जबरजस्ती करणी गर्न खोजेर फरार रहेका एक युवा भैँसी करणी गर्दै गरेको अवस्थामा पक्राउ परेका छन् । ताप्लेजुङ फुङलिङ नगरपालिका १० फुरुम्बुका २९ वर्षीय विक्रम तामाङलाई भैँसी करणी गर्दै गरेको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार तामाङलाई स्थानीयको भैँसी गोठबाट पक्राउ गरिएको छ । तामाङले गएको बुधवार साँझ ५ बजे विद्यालयबाट घर फर्किँदै गरेकी एक युवतीहरूलाई जबरजस्ती करणी गर्न खोजेको बताइएको छ । युवतीले हारगुहार गरेपछि स्थानीयहरू घटनास्थल पुग्दा तामाङ फरार भएका थिए । फरार रहेका तामाङलाई खोजी गर्ने क्रममा सोही दिन साँझ गोठमा बाँधेको भैँसीलाई करणी गर्दै गरेको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई बुझाएको प्रहरी निरीक्षक लुङगेलीले बताए । प्रहरी नियन्त्रणमा रहेका तामाङलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ अन्तर्गत जबरजस्ती करणी उद्योग र पशु करणी कसुरमा अदालतबाट हिरासतमा राख्न ७ दिने म्याद थप अनुसन्धान जारी राखिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार