दश महिनामा दुई खर्बको पेट्रोलियम पदार्थ आयात

शनिबार, १२ जेठ २०८१
विराटनगर / मुलुकमा दश महिनामा झन्डै साढे दुई खर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म दुई खर्ब ३५ अर्ब रुपियाँभन्दा बढीको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन र एलपी ग्यास) को आयात भएको हो । गत वर्ष सो अवधिमा दुई खर्ब ५७ अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । बजारमा माग घट्दा इन्धनको आयातमा २२ अर्ब रुपियाँले कमी हो । बजारमा विद्युतीय गाडीको प्रयोग बढ्दै जाँदा डिजेल र ग्यासको आयातमा कमी भएको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार १० महिनामा सबैभन्दा धेरै एक खर्ब १५ अर्ब ६७ करोडको डिजेल आएको छ ।  ५६ अर्ब ८० करोड रुपियाँ बराबरको पाँच लाख ६७ हजार किलोमिटर पेट्रोल आयात भएको छ । १७ अर्ब ५८ करोड ५४ लाख ७५ हजार रुपियाँ बराबरको एक लाख ६५ हजार किलोमिटर हवाई इन्धन आयात भएको छ । यस्तै ४६ अर्ब ९८ लाख रुपियाँ बराबरको चार लाख ३५ हजार ९६३ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ । अत्यावश्यक रूपमा रहेको पेट्रोलियम पदार्थ स्वदेशमा उत्पादन नहुने भएकाले वार्षिक खर्बौँ रुपियाँको आयात गर्नुपर्ने बाध्यता छ । गत आवको पहिलो १० महिनामा एक खर्ब २५ अर्ब ३६ करोडको डिजेल, ५५ अर्ब ७९ करोडको पेट्रोल र ४९ अर्ब ७२ करोडको ग्यास आयात भएको विभागको तथ्याङ्क छ । विभागका अनुसार विद्युतीय गाडीको प्रयोगसँगै विकास निर्माणको काम तीव्र गतिमा नुहुँदा डिजेलको खपत अघिल्लो १० महिनाको तुलनामा १० अर्ब रुपियाँले कमी आएको तथ्याङ्क छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार