इलाम : पर्यटकीय जिल्ला इलाम । यहाँ दैनिक सयौँ पर्यटक आउने गर्दछन् । यहाँका प्राकृतिक पर्यटकीय स्थल मात्र नभएर चिया हेर्न र चियामा रमाउन समेत पर्यटकहरू इलाम आउने गरेका छन् ।
चिया भन्ने बित्तिकै हामी पिउनेसँग जोड्छौँ । सम्झिन्छौँ पनि उही । तर चिया नपिउनेको सङ्ख्या समेत छ नेपाल लगायत विश्वमा । चिया नपिउनेहरूले समेत चिया मन पराउँछन् । चिया नपिउनेहरूले समेत चिया हेर्न र चियासँग फोटो खिचेर चियासँग रमाउने गरेका छन् ।
सुन्दरता थप्न चियाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । साथै हरियाली जोगाइराख्न र वातावरणको क्षेत्रमा समेत यहाँका चियाको महत्त्व उत्तिकै छ ।हामी चिया विभिन्न स्वादमा पिउँछौँ । तर चिया पिउने मात्र नभएर चिया हर्न मात्र पनि उत्तिकै उत्तिकै सङ्ख्यामा इलाममा आन्तरिक र बाह्य पर्यटकहरू इलाम भित्रिने गरेका छन् ।
इलाम बजार नजिकै रहेको इलाम चियाबारी ऐतिहासिक चियाबारी समेत हो । यो चिया इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले बि.स. १९२० सालमा रोपण सुरु गरेको इतिहास छ । चिनका सम्राट्बाट प्राप्त उपहार स्वरूप चिया इलाममा रोपण सुरु भएको इतिहास छ ।
सो समयमा इलाममा नै चिया रोपिएको बताइएको छ । यसरी पनि इलामको चियाले इतिहाससँग सम्बन्ध जोडेको छ । यही चियाबारीको सुन्दरतामा बृद्धिहोस भनेर इलाका चियाबारीमा इलाम नगरपालिकाले विभिन्न फलफूलका बिरुवा लगाएको छ । इलाम नगरपालिकामा २०७९ सालमा निर्वाचित भएर आएका केदार थापाले काठमाण्डौैबाट विभिन्न प्रजातिका बोटबिरुवा साथै फल र फुलका बिरुवा ल्याएर लगाएका हुन् ।
आरु, आरु बखडा, अम्बक लगायतका फलफूलका बिरुवा रोपिएको छ । त्यस्तै असारे, क्यामेलिया, लगायत विभिन्न प्रजातिका फुलका बिरुवा लगाइएको छ । यी बिरुवाहरू गएको वर्ष देखी फुल्न तथा फल्न सुरु गरेका छन् । यस वर्ष समेत केही बिरुवाहरूमा फुल खेल्न सुरु भएको छ । फलमा समेत चिचिला बस्न सुरु भएको छ ।
यी बिरुवाहरूको इलाम नगरपालिकामा प्रमुख केदार थापाले अभियानकै रूपमा स्याहार र हेरचाह गर्न सुरु गरेका छन् । उनले बिहानको समयमा निरन्तर स्याहार चाकर गर्ने बताए ।
इलाम नगरपालिका कृषि शाखा प्रमुख उपेन्द्र नेपाल लगायत कर्मचारीको टोलीले छाँटकाँट सहित बिरुवा गोड्न सुरु गरेको छ । अब बर्खाको समयमा बिहान बिहान गोडमेल तथा स्याहार चाकर गरिने बताइएको छ । प्राकृतिक रूपमा सुन्दर इलामको अझ सुन्दरता वृद्धि गर्ने उद्देश्य सहित बिरुवाको संरक्षणका लागि हेरचाहमा समेत लागिएको नगरप्रमुख थापाको भनाई छ ।
उनले वातावरणको क्षेत्रमा यहाँ रहेका बिरुवाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यसको जगेर्ना गर्न सबै लाग्नु पर्ने बताए । वर्षाको समयमा बिरुवा चाँडो वृद्धि हुने हुँदा पनि यस्ता बिरुवाको साइज मिलाउन छाँटकाँट गर्न थालिएको उनको भनाई छ । वातावरण संरक्षणमा बिरुवा लगाउने र चर्चा बटुल्ने भन्दा पनि लगाइएका बिरुवा जगेर्ना गर्न आफू लागेको प्रमुख थापाको भनाई छ ।
इलाम नगरपालिकाले ब्युटिफिकेसनमा काम गर्न लागेको भन्दै सुरुमा बोट बिरुवा हुर्काएको उनको भनाई छ । यहाँ रहेका बिरुवाहरूले सुन्दरतामा वृद्धि गर्ने र पर्यापर्यटनमा समेत दिगोपन दिने भएकाले सुरुमा बोट बिरुवा हुर्काइएको बताइएको छ । चियाबारीमा रहेको पानी पोखरीको संरक्षण गर्ने र पानीको फोर्स फल्ने सहितको भौतिक संरचना निर्माण गर्न लागिएको छ ।
बोटबिरुवालाई पानीको आवश्यकता पर्ने भएकाले पनि फोर्स सहितको सो संरचना निर्माण गर्न लागिएको हो ।यसले पर्यटकलाई आकर्षण गराउने र वातावरण समेत बचाउने नगरप्रमुख थापाको भनाई छ । इलाममा पुरानो चिया बगान मात्र हैन चिया प्रशोधनका लागि नेपालकै पुरानो चिया कारखाना समेत छ ।
यसको जगेर्ना सहितका काममा नगरपालिका जुटेको प्रमुख थापाको भनाई छ । चिया सँगसँगै वातावरण संरक्षणमा दिगोपना दिइने खालका काममा लाग्ने भएकाले पनि यस वर्ष इलाम नगरपालिकाका विभिन्न क्षेत्रमा रुख बोट बिरुवा लगाइने बताइएको छ । इलाम चिया बगानमा थप बिरुवा लगाउनका लागि काम अगाडी बढाइएको छ ।
प्रतिक्रिया