मोरङमा करेन्ट लागेर फोटो स्टुडियो सञ्चालक र नाबालकको मृत्यु

मंगलबार, १५ जेठ २०८१
विराटनगर । मोरङका अलगअलग स्थानमा मोरङमा करेन्ट लागेर फोटो स्टुडियो सञ्चालक र नाबालकको मृत्युभएको छ । मृत्यु हुनेमा एक जना फोटो स्टुडियो सञ्चालक र अर्का एक जना नाबालक रहेका छन् । सुनवर्षी नगरपालिका–९ डाइनियामा फोटो स्टुडियो सञ्चालकको र विराटनगर महानगरपालिका–८ मा नाबालकको करेन्ट लागेर मृत्यु भएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले दिए । करेन्ट लागेर सुनवर्षी–९ का ३५ वर्षीय उमेशप्रसाद साहको करेन्ट लागेर मृत्यु भएको हो । साहले आफ्नै घरमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका थिए । फोटो स्टुडियोभित्र काम गरिरहेका साहलाई ल्यापटपमा पेनड्राइप जोड्ने क्रममा सोमबार राति ९ः३० बजेतिर अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि रङ्गेली अस्पताल पुर्‍याउनसाथ राति १०ः३५ बजेतिर चिकित्सकले मृत घोषित गरेको डिएसपी बस्नेतले बताए । साहको शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पतालमा राखिएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोष खड्का नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । त्यस्तै, विराटनगर–८ देवकोटा चोकमा करेन्ट लागेर खानेपानी कार्यालयको कर्मचारीका नाबालक छोराको मृत्यु भएको छ । डिएसपी बस्नेतका अनुसार करेन्ट लागेर देवकोटा चोकमा रहेको खानेपानी कार्यालयको क्वार्टरमा बस्दै आएका खानेपानीका कर्मचारी सुरज चौधरीका ४ वर्षीय छोरा टेरेन्स चौधरीको मृत्यु भएको हो । पानी ‘सप्लायर्स’को जिम्मेवारीमा रहेका सुरज कार्यालयको क्वार्टरमा बस्दै आएका थिए । क्वार्टरको कोठाभित्रै खेल्ने क्रममा मल्टिप्लगबाट राति १० बजेतिर करेन्ट लागेर सुरजका छोरा रेमिटेन्स घाइते भएका थिए । गम्भीर अवस्थाका टेरेन्सलाई उपचारका लागि गोल्डेन अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराट टिचिङ अस्पताल लगियो । विराट पुर्‍याउनसाथ चिकित्सकले १२ः२५ बजेतिर मृत घोषित गरेको डिएसपी बस्नेतले बताए । शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओली नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार