रङ साइड प्रयोग गर्दा इटहरीमा दुर्घटनामा परि नेपाल प्रहरीका भूतपूर्व हवलदारको मृत्यु

सोमबार, २१ जेठ २०८१
इटहरी – सुनसरीको इटहरीमा आइतबार साँझ भएको सवारी दुर्घटनामा परि नेपाल प्रहरीका पूर्व हवलदारको घटनास्थलमै मृत्यु भएको छ । इटहरी १ स्थित आँपगाछी चोकमा इटहरीबाट धरान तर्फ आउँदै गरेको प्र ९-०९-००२ च ६३०६ नम्बरको कार र विपरीत दिशाबाट रङ साइड प्रयोग गरी जाँदै गरेको को १ प ७४९ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनाबाट स्कुटर चालक मोरङ कानेपोखरी गाउँपालिका १ बस्ने ४४ वर्षीय नेपाल प्रहरीका पूर्व हवलदार डेगराज गौतमको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । इटहरी २० होम्समा रहेका आफ्ना दाजु जनक गौतम बिरामी भएपछि उपचार गर्नका लागि २ दिन अघि मात्र मृतक गौतम तरहरा आएका थिए । वराहक्षेत्रमा स्थित चतराधाममा पुजारीको काम गर्दै आएका गौतम आफन्तको स्कुटर पुरयाउनका लागि आँपगाछी पुगेको थिए । घटना पश्चात् दुवै सवारी साधन र कार चालक उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ४१ को रमेश निरौलालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा जनाएको छ । दुर्घटनाका कारण स्कुटर चालकले बाटो काट्ने क्रममा रङ साइड प्रयोग गर्नु मुख्य रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार