१० स्थानीय तहलाई करिब ४ अर्ब अनुदान

सोमबार, २१ जेठ २०८१
इलाम / जिल्लाका १० स्थानीय तहले करिब चार अर्ब अनुदान पाउने भएका छन् । चार नगरपालिका र ६ गाउँपालिकाले केन्द्र सरकारबाट आगामी आर्थिक वर्ष २०८१।०८२ मा झन्डै चार अर्ब रुपैयाँ अनुदान पाउने भएका हुन् । इलाम, देउमाई, माई र सूर्योदय गरी चार नगरपालिकालाई एक अर्ब ९९ करोड ४० लाख रुपैयाँ केन्द्र सरकारले दिने भएको छ । अन्य माङ्सेबुङ, सन्दकपुर, माई जोगमाई, रोङ र चुलाचुली गरी ६ गाउँपालिकालाई एक अर्ब ९५ करोड ५७ लाख रुपैयाँ दिने भएको हो । नगरपालिकाहरू मध्ये सबैभन्दा धेरै सूर्योदय नगरपालिकाले ६२ करोड ९४ लाख रुपैयाँ पाउने भएको छ । समानीकरण अनुदानमा १५ करोड ८४ लाख, शसर्त अनुदान ४४ करोड ७० लाख, विशेष अनुदान १ करोड १० लाख र समपूरक अनुदान १ करोड ३० लाख रुपैयाँ अनुदान केन्द्रबाट पाउने भएको छ । यसरी नै इलाम नगरपालिकाले केन्द्र सरकारबाट ५९ करोड १६ लाख रुपैयाँ पाउने भएको छ । जसमध्ये समानीकरण अनुदानमा १४ करोड ८८ लाख, शसर्त अनुदान ४२ करोड ७८ लाख, विशेष अनुदान नपाउने भएको छ । समपूरक अनुदान १ करोड ५० लाख रुपैयाँ अनुदान केन्द्रबाट पाउने भएको हो । देउमाई नगरपालिकाले ४१ करोड ६३ लाख रुपैयाँ पाउने भएको छ । जसमध्ये समानीकरण अनुदानमा ११ करोड ६९ लाख, शसर्त अनुदान २९ करोड ४४ लाख, विशेष अनुदान ५० लाख रुपैयाँ पाउने भएको छ भने समपूरक अनुदान केन्द्रबाट नपाउने भएको हो । यसरी नै माई नगरपालिकाले केन्द्र सरकारबाट ३५ करोड ६७ लाख रुपैयाँ पाउने भएको छ । जसमध्ये समानीकरण अनुदानमा ११ करोड ४८ लाख, शसर्त अनुदान २३ करोड ६४ लाख, विशेष अनुदान नपाउने भएको छ भने समपूरक अनुदान ५५ लाख रुपैयाँ अनुदान केन्द्रबाट पाउने भएको हो । यता इलामका ६ गाउँपालिकाहरू मध्ये सबैभन्दा धेरै केन्द्रको अनुदान फाकफोकथुम गाउँपालिकाले पाउने भएको छ । उसले ४१ करोड २९ लाख रुपैयाँ केन्द्रबाट अनुदान पाउने भएको छ । फाकफोकथुमले समानीकरण अनुदानमा ९ करोड ३७ लाख, शसर्त अनुदान २९ करोड २२ लाख, विशेष अनुदान १ करोड २० लाख पाउने भएको छ भने समपूरक अनुदान १ करोड ५० लाख रुपैयाँ अनुदान केन्द्रबाट पाउने भएको हो । चुलाचुली गाउँपालिकाले २९ करोड २८ लाख रुपैयाँ केन्द्रबाट अनुदान पाउने भएको छ । जसमध्ये समानीकरण अनुदानमा ९ करोड ५३ लाख, शसर्त अनुदान १८ करोड ७५लाख र समपूरक अनुदान १ करोड रुपैयाँ अनुदान केन्द्रबाट पाउने भएको हो । माइजोगमाई गाउँपालिकाले ३१ करोड ७३ लाख रुपैयाँ केन्द्रबाट अनुदान पाउने भएको छ । जसमध्ये समानीकरण अनुदानमा ९ करोड १८ लाख, शसर्त अनुदान २० करोड ८० लाख र विशेष अनुदान १ करोड ७५ लाख रुपैयाँ अनुदान केन्द्रबाट पाउने भएको हो । माङसेबुङ गाउँपालिकाले ३० करोड ८७ लाख रुपैयाँ केन्द्रबाट अनुदान पाउने भएको छ । जसमध्ये समानीकरण अनुदानमा ८ करोड ७३ लाख, शसर्त अनुदान १९ करोड १४ लाख र विशेष अनुदान ३ करोड रुपैयाँ अनुदान केन्द्रबाट पाउने भएको हो । रोङ गाउँपालिकाले ३४ करोड ६६ लाख रुपैयाँ केन्द्रबाट अनुदान पाउने भएको छ । जसमध्ये समानीकरण अनुदानमा ८ करोड ८९ लाख, शसर्त अनुदान २१ करोड ३७ लाख र विशेष अनुदान २ करोड ९० लाख रुपैयाँ अनुदान केन्द्रबाट पाउने भएको छ। सन्दकपुर गाउँपालिकाले २७ करोड ७४ लाख रुपैयाँ केन्द्रबाट अनुदान पाउने भएको छ । जसमध्ये समानीकरण अनुदानमा ८ करोड १७ लाख, शसर्त अनुदान १८ करोड ७ लाख र समपूरक अनुदान १ करोड ५० लाख रुपैयाँ केन्द्रबाट पाउने भएको हो । इलामका १० स्थानीय तहले चालु खर्च बापत ३ अर्ब ४७ करोड ५० लाख रुपैयाँ र पुँजीगत प्रकृतिमा ४७ करोड ४७ लाख केन्द्रको अनुदान पाउने छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार