इलाममा रतुवा खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु

सोमबार, २१ जेठ २०८१
इलाम - इलामको चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ । इलामको लारूम्बा बाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो । जिपमा सवारमध्ये २ जनाको शव फेला परेको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । ‘जिपमा कति जना सवार भन्ने बारे यकिन भएको छैन । अहिलेसम्म २ जनाको शव फेला परेको छ,’ उनले भने । बच्चाको र महिलाको शव फेला परेको उनले बताए । गाडीको एउटा चक्का भेटिएको र उद्धारको लागि टोली त्यहाँ पुगेको ढकालले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार