जिप दुर्घटना हुँदा मृत्यु हुनेको पहिचान खुल्यो 

मंगलबार, २२ जेठ २०८१
इलाम /  दमक-रवि सडक खण्ड अन्तर्गत इलामको चुलाचुलीमा रतुवा खोलाले बोलेरो जिप बगाउँदा ज्यान गुमाउने दुईको पहिचान खुलेको छ । एक महिला र एक बालकको ज्यान गएको थियो जिल्ला प्रहरी कार्यालय इलामका अनुसार ज्यान गुमाउनेमा इलामको माङसेवुङ-५ कि शर्मिला फागो र माङसेवुङ(३ की निरु लिम्बूका छोरा वर्ष तीनका  नियन नेम्वाङ रहेका छन् । घाइते भएकी निरुको उद्धार गरी उपचारार्थ दमकको लाइफलाईन अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी (डिएसपी) प्रकाश जवेगूले बताए । झापाको दमक देखि इलामको  लारुम्बाका लागि छुटेको लु १ ९४९१ नम्बरको बोलेरो सोमबार साँझ करिब छ बजे चुलाचुलीको चपेटी क्षेत्रमा रतुवा खोलाले बगाएको थियो । बोलेरो सवारमध्ये ३ जना खोलाबाट पौडेर बाहिर निस्केका छन् । चालक भने सम्पर्क विहीन छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार