पारामेडिकल कर्मचारीहरूलाई आँखा स्वास्थ्य सम्बन्धित तालिम

शनिबार, २६ जेठ २०८१
इटहरी : आँखा स्वास्थ्यको क्षेत्रमा कार्य गर्ने कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विराटनगर आँखा अस्पताल अन्तर्गतको इटहरी आँखा अस्पतालले तालिम प्रदान गरेका छन् । नेत्र सहायक, अप्टिक फिटिङ्ग सहायक, आँखा स्वास्थ्य कार्यकर्ता लगायतका अन्य पारा मेडिकल कर्मचारीहरू सहित २५ जनाले सो तालिम लिएका थिए । वर्तमान समयमा आँखा स्वास्थ्यको अवस्था तथा निदानका उपाय, गुणस्तरीय चस्मा निमार्णका तरिका, रिफ्रेक्सनको गुणस्तरियता वृद्धि गर्ने बारेमा छलफल तथा सिकाई बारे पुर्न ताजगी तालिम दिएका थिए । विराटनगर आँखा अस्पताल अन्तर्गतका ७ वटा आँखा उपचार केन्द्रका कर्मचारी सहभागी तालिममा सुनिल कुमार चौधरी, टिंकु मुखर्जी, मो. रफिक तथा कुमार पृथुले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार