सामुदायिक विद्यालयहरूलाई समाप्त पार्ने उद्धेस्यका साथ नगरपालिका शिक्षा समितिले गलत निर्णय लिएको हुनाले यही अवस्थामा समितिमा बस्न नसक्ने ठहरको साथ सामूहिक राजीनामा दिइएको विज्ञप्तिमा उल्लेख छ । उक्त विज्ञप्तिमा एघार विद्यालय व्यवस्थापन समितिको हस्ताक्षर रहेको छ । बेलबारीमा ३१ सामुदायिक विद्यालय रहेका छन् ।
तर शिक्षा शाखा बेलबारीकी प्रमुख एलिना बस्नेतले भने नियमले भेटे अनुसार मात्र दरबन्दी मिलान गरिएको बताइन् । उनले दरबन्दी मिलानको कार्यदल नै बनाएर प्रक्रिया अघि बढाइएको बताइन् । विभागले जारी गरेको परिपत्र अनुसार विद्यार्थी सङ्ख्या र स्थलगत निरीक्षणका क्रममा दरबन्दी मिलानको लागी कार्यपालिकामा सिफारिस गरिएको प्रमुख बस्नेतले बताइन् ।
प्रतिक्रिया