इलाम : इलामको सुम्बेकमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।
इलाम नगरपालिकाले सञ्चालन गरेको शिविरमा विभिन्न किसिमका सेवा दिइएको थियो ।
वडावासीहरूलाई सामान्य समस्या भएको हुनसक्ने भन्दै वडामा नै सेवा प्रदान गरिएको बताइएको छ ।
शिविरमा मानिसको स्वास्थ्य परीक्षण तथा औषधि वितरण, अपाङ्गता परिचयपत्र वितरण समेत गरिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए ।
उनका अनुसार किसानले ल्याएको माटो परीक्षण, विभिन्न जातका घाँसको बिउ वितरण, पशुलाई नाम्ले जुकाको औषधि वितरण समेत भएको छ ।
इलाम नगरपालिकाले गएको वर्ष देखी यस प्रकारको कार्यक्रम सुरु गरेको इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालको भनाई छ । यस वर्ष इलाम नगरपालिका ११ सोयाकबाट सुरु भएको र यस अघि इलाम नगरपालिका ३ पुवामझुवामा कार्यक्रम सम्पन्न भइसकेको छ ।
अब निरन्तर अन्य वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिने बताइएको छ ।
एकीकृत घुम्ती शिविर मार्फत किसानलाई विभिन्न किसिमका सेवा वडा कार्यालयका नै प्रदान गरिएको वडाध्यक्ष गिरिराज रिजालले बताए । उनले यस प्रकारको कार्यक्रमले जनतालाई राहत मिलेको बताए ।
शिविर सुरु हुनु पूर्व वडाध्यक्ष रिजालको अध्यक्षता तथा इलाम नगरपालिकाका प्रमुख थापाको प्रमुख आतिथ्ययतामा औपचारिक कार्यक्रम भएको थियो ।
कार्यक्रममा इलाम नगरपालिका का प्रवक्ता दुलाल, वडा नम्बर तीनका निवर्तमान वडाध्यक्ष तीर्थ गुरुङ, वडा सदस्य मिना दाहाल, राजन देवान लगायतको उपस्थिति रहेको थियो ।
शिविरबाट करिब तीन सय सेवाग्राही लाभान्वित भएको जनाइएको छ ।
प्रतिक्रिया