रोङ गट ट्यालेन्टको प्रारम्भिक चरणको छनौट सुरु

मंगलबार, २९ जेठ २०८१
इलाम /  रोङ गाउँपालिकामा प्रतिभाको खोजी कार्यक्रम सुरु भएको छ । रोङ गट ट्यालेन्टको प्रारम्भिक चरणको छनौट प्रक्रिया सुरु भएको हो । रोङ गाउँपालिका भित्र रहेकाका प्रतिभाहरूको खोजी र पहिचान गर्ने उद्देश्यले गाउँपालिकाले गायन, नृत्य र कविता विधामा गाउँपालिका वडा नं ६ को वडा कार्यालयबाट प्रारम्भिक चरणको छनौट प्रक्रिया सुरु गरिएको हो । रोङ प्रतिभाको खोजी निर्देशक समितिको आयोजना, रोङ गाउँपालिकाको आर्थिक सहयोग र रोङ विद्यार्थी एकता समितिको सह आयोजनामा कार्यक्रम सुरु भएको हो । ३० गतेसम्ममा प्रारम्भिक चरणको प्रतिभा खोजी गरिने र छनौट भएकाहरूलाई अर्को चरणमा प्रवेश गराइने बताइएको छ । करिब तीन सय जनाले विभिन्न विधामा फारम भरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार