ताप्लेजुङमा पहिरो अपडेट : ज्यान गुमाउने सबै गाउँपालिका उपाध्यक्षका परिवार

शुक्रबार, ३२ जेठ २०८१
ताप्लेजुङ / पहिरोमा परि ज्यान गुमाउने चार जना फक्ताङलुङ गाउँपालिका उपाध्यक्षका परिवार रहेको खुलेको छ । पहिरोमा ज्यान गुमाउने फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाएको हो । घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गङ्गा र जमुना साम्रा लिम्बु रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिए । गाउँपालिका अध्यक्ष लिम्बुका अनुसार पहिरोमा परी मृत्यु भएका उनीहरू उपाध्यक्ष रविनका बुबा र कान्छी आमा र २ बहिनी हुन् । मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाएको बताइएको छ । पहिरोमा परी साम्रा परिवारकै २ जना घाइते भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार