इलाम / इलाम टाइम्स अनलाइनका प्रधान सम्पादक देवेन्द्र पौडेल पुरस्कृत भएका छन् ।
चुलाचुली गाउँपालिकाले गाउँभाको अवसरमा बिहीबार पत्रकार पौडेललाई नगद १० हजार सहित पुरस्कृत गरिएको हो ।
चुलाचुली गाउँपालिकाका बासिन्दा पौडेलले स्थानीय स्तरमा रहेर पत्रकारिताको माध्यमबाट पालिकाको समृद्धिमा सहयोग पुर्याएको भन्दै पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।
उनलाई अध्यक्ष केरुङ सहित उपाध्यक्ष दिलकुमारी लिम्बू र प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले नगद र सम् मानपत्र प्रदान गरेका थिए ।
प्रतिक्रिया