पछिल्लो समय युके र न्युजल्यान्डमा गुणस्तरीय शिक्षा, भिसा प्रोसेसिङका लागि सरल र अध्ययन सकी सकेपछि पोस्ट स्टडी वर्क तथा इन्टर्नसिप जस्ता कार्यक्रम रहेको हुँदा नेपाली विद्यार्थीहरू आकर्षित रहेका छन् । यसैलाई मध्यनजर गर्दै दुवै देशका टप कलेज एव युनिभर्सिटीका प्रतिनिधिहरूसँग प्रत्यक्ष वार्तालाप हुने गरी बृहत् एजुकेसन फेयर गर्न लागिएको एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिस इटहरी शाखाका प्रबन्ध निर्देशक कमल तिम्सिनाले बताए ।
युके र न्युजल्यान्डमा भिसा प्रोसेसिङका लागि पोइन्ट बेस सिस्टम भएको हुँदा पनि धेरै सहज हुने भएकाले नेपाली विद्यार्थीहरूले वर्तमान समयमा यिनै देश रोज्ने गरेको एस्पर्टका बिजनेस डेभलोप्मेन्ट अफिसर प्रज्वलप्रताप केसीले बताए । वृहत् एजुकेसन फेयरबाट इटहरी र आसपासका करिब एक हजार विद्यार्थीहरू लाभान्वित हुने जनाइएको छ ।
एजुकेसन फेयरमा युके , न्युजल्यान्ड सहित अस्ट्रेलिया , क्यानडा , अमेरिका लगायत रहेका कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरूका विशेष उपस्थिति रहने र नेपाली विद्यार्थीहरूले उनीहरूसँग प्रत्यक्ष रूपमा वार्तालाप गरी ती देशहरूबाट लिन सक्ने लाभका बारेमा बुझ्न सक्ने बताइएको छ ।
विभिन्न देशहरूबाट आएका प्रतिनिधिहरूले त्यस देशको विद्यमान कानुन , अध्ययनका क्षेत्र एव विषय वस्तु , भाषा , दैनिक काम काज लगायतका विषयमा नेपाली बिद्यार्थीहरूसंग छलफल एव बृहत् अन्तरक्रिया गर्ने जनाइएको छ । एक्सपर्टको इटहरी शाखाले १ दशक भन्दा बढी समय देखी यस क्षेत्रमा आफ्नो सेवा पुर्याउँदै विद्यार्थीलाई अस्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिकालगायतका देशहरूमा शैक्षिक अध्ययनका लागि सहजिकरण गदै आइरहेको छ।
प्रतिक्रिया