इलाम / इलाम नगरपालिका १ को नेपालटारमा प्रथम इलाम नगरपालिका वडा स्तरीय डबल नकआउट ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
साखेजुङ खेलकुद विकास समितिको आयोजना र नेपालटार ब्याडमिन्टन समूहको सह–आयोजनामा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता असार १० गतेबाट १२ गतेसम्म सञ्चालन हुने भएको छ ।
प्रतियोगितालाई ए, बी र सी गरी ३ श्रेणीमा वर्गीकरण गरेर सञ्चालन गरिने जनाइएको छ ।
एक श्रेणीको विजेता जोडीले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ६ हजार प्राप्त गर्ने आयोजक समितिका कोषाध्यक्ष सुरेन्द्र प्रसाद सङ्ग्रौलाले जानकारी दिए ।
बी श्रेणीको विजेता जोडीले १२ हजार, उपविजेताले ८ हजार र तेस्रो हुनेले ५ हजार प्राप्त गर्ने छन् ।
सी श्रेणीको विजेता जोडीले १० हजार, उपविजेताले ७ हजार र तेस्रो हुनेले ४ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा इलाम नगरपालिकाका १२ वटा वडाका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् ।
प्रतिक्रिया