खोलामा बेपत्ता भारतीय नागरिकको शव फेला

सोमबार, १० असार २०८१
ताप्लेजुङ :  इन्द्रावती खोलाको भङ्गालोमा परी बेपत्ता भएका एक भारतीय पुरुषको शव फेला परेको छ । ताप्लेजुङको इङ्वा हाइड्रोपावरमा काम गर्ने अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) रवि रावलका अनुसार पाँचथरको याङवरक गाउँपालिका वडा नं ३ स्थित इङ्वा हाइड्रो पावरमा कार्यरत भारतीय नागरिक वैकुण्ठ बिहारीको शव आइतबार फेला परेको हो । बिहारीको शव ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको सिदिङ्वा गाउँपालिका वडा नं ३ इन्द्रवाति खोलाको सितेधार नजिक फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार