इटहरीमा ३ दिने महिला उद्यमशीलता क्षमता अभिवृद्धि तालिम सुरु

बुधबार, १२ असार २०८१
इटहरी : इटहरीमा महिला उद्यमशीलता क्षमता अभिवृद्धि तालिम २०८१ को उद्घाटन भएको छ । उद्योग वाणिज्य सङ्घ इटहरीको आयोजनामा सो कार्यक्रम सुरु भएका हो । बुधबार उद्योग वाणिज्य सङ्घको सभा हलमा उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीको अध्यक्षता सङ्घको कार्यसमिति सदस्य साथै कार्यक्रम संयोजक मिना ढकालको संयोजकत्व र कोशी प्रदेशकी माननीय मिना श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको हो । सुनसरी र मोरङ्गका महिला उद्यमीहरूलाई उत्पादन , बजारीकरण र उद्योगहरूको स्थायित्वका सम्बन्धमा प्रशिक्षण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको कार्यक्रमकी संयोजक मिना ढकालले बताइन् । कार्यक्रमको विशेष अतिथि तथा प्रमुख प्रशिक्षक पोषराज निरौला,इटहरी उपमहानगरपालिकाका प्रतिनिधि एवम् प्रशिक्षकहरू नोवल भट्टराई, सन्तोष ढकाल, अनु अर्याल, अनिता थापा बस्नेत,आसमान नेपालका प्रतिनिधि किरण चौधरी तथा पूर्व कार्यसमिति सदस्य जगदीश सापकोटाको उपस्थिति रहेको थियो । ३ दिन सम्म चल्ने तालिममा ६६ जना उद्यमी व्यवसायीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार