कार्यक्रममा सहभागी वक्ताहरुले देशभरी लैङ्गीक हिंसाका घटनाहरु बढीरहेको समयमा तिनको न्युनिकरणका लागी राज्यस्तरबाटै थप पहलको आवस्यकता रहेको बताएका थिए । इटहरी उपमहानगरपालीकाकी उपप्रमुख संगीता चौधरीले यस अभियानमा विभिन्न शिर्षकका कार्यक्रममात्र नभइ लक्षित वर्गहरुमा प्रत्याभुती हुने कार्य गर्न आवस्यक रहेको बताएकी छिन् । उनले इटहरीका २० वटै वडामा कार्यक्रम सञ्चालन गर्न सुझाव दिएकी थिइन् ।
लैङगिक हिंसा बिरुद्ध सञ्चालन गरिने बिभिन्न कार्यक्रम अन्तरगत प्रभातफेरी पनि प्रभावकारी कार्यक्रम रहेको इटहरी उपमहानगरपालीकाकी सामाजिक बिकास महासाखा प्रमुख भोजकला दवाडीले जानकारी दिइन ।
प्रतिक्रिया