पाँचथरमा झाँक्री बसेको घरमा कुटपिट : एकको मृत्यु, तीन घाइते

शुक्रबार, २१ असार २०८१
पाँचथर / पाँचथरको फिदिम नगरपालिका–१४ लुङरुपमा धामी (चिन्ता) बसिरहेको ठाउँमा कुटपिट हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । रातीको समयमा चिन्ता बसिरहेको ठाउँमा आएका एक टोलिको आक्रमणमा परि घाइते भएका ३७ वर्षीय दिनेशकुमार राईको पाँचथर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको आज मृत्यु भएको हो । रातको समयमा धामी बसी रहेको समयमा एउटा समूह आएर कुटपिट गरेको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । उनका अनुसार कुटपिटमा संलग्न मध्ये केहीको पहिचान खुलेकोले खोजी कार्य जारी रहेको जनाइएको छ । के विवादमा घटना भयो भन्ने खुल्न सकेको छैन । स्थानीय धनकुमार राईको घरमा धामी राखिएको थियो । कुटपिटमा पर धुव्र राई, पर्शु राई र धुब्र विक घाइते भएका छन् ।घटनाका विषयमा थप अनुसन्धान भइरहेको पाँचथर प्रहरीको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार