मन्त्री चयन गर्न कांग्रेसले मापदण्ड बनाएको छ : प्रवक्ता महत

शनिबार, २९ असार २०८१
काठमाडौं । नेपाली कांग्रेसले आगामी सरकारमा सहभागी हुने मन्त्रीहरु योगदान र योग्यताकाआधारमा चयन गर्ने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलनलाई दृष्टिगत गरेर चयन गर्ने निर्णयगरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले भने,‘नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलनलाई दृष्टिगत गरेर चयन गर्ने निर्णय गरिएको छ । त्यस्तै बैठकले केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय पनि गरेको जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार