सुनको भाउमा नयाँ रेकर्ड, तोलाको कति ?

सोमबार, ३१ असार २०८१
काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनको भाउ १ लाख ४७ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ । अघिल्लो दिन आइतबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १ हजार ८८५ रुपैयाँ पुगेको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार