गस्ती टोलीले सोधखोज गर्ने क्रममा चारदिन यता छोराबुहारीले आफूलाई जंगलमा छाडेको वृद्धले बताएका छन् । ‘जंगलमै लगेर छाडिएको हो भन्ने पुष्टि हुने आधार पनि छ । गस्ती टोलीले बाइक जंगलमा गएको डाम पनि पत्ता देखेका कारण जंगलमै लगेर छाडेको देखिन्छ,’ उनले भने, ‘हामीले दुईतिर बोरामा घोचा हालेर प्राथमिकी स्ट्रेचर बनाएर गाडी आउने ठाउँसम्म बोकेर ल्यायौँ । त्यसपछि गाडीमा हालेर अस्पतालसम्म पु¥याएका छौँ ।’सव डिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय र बेलबारी नगरपालिकाका प्रतिनिधिसहितको रोहबरमा उद्धार गरिएको उनले जनाए । वृद्धको भनाइ उदृत गर्दै उनले भने, ‘छोराबुहारीले यहाँ ल्याएर छाडेपछि चारदिनदेखि यहीँ बसिरहेको छु ।’ अध्यक्ष गिरीका अनुसार वृद्धको शरीरमा चोट देखिएको छ । थरथर काँपिरहेको अवस्थामा भेटिएका उनी राम्ररी बोल्न सक्ने अवस्थामा पनि छैनन् । ती वृद्ध वडा नं. ७ डाँगी टोलमा बस्ने गरेको खुलेको वडाध्यक्ष सुनीता चौधरीले पुष्टि गरिन् । आफूले छोराबुहारीलाई वडामा ल्याउन भनेको उनले बताइन् । ‘छोराबुहारीलाई वडामा ल्याउन प्रहरीलाई भनेको छु,’ उनले भनिन् । उनका अनुसार बेलबारी ७ स्थित एक परिवारमा आफन्तकहाँ आउजाउ गरिरहने वृद्ध सुन्दरहरैँचास्थित कोरियाडाँगी भन्ने ठाउँमा बस्दै आएका थिए । जेठो छोराकहाँ बस्दै आएका उनका कान्छा छोरा भने भारतको पञ्जाबमा रोजगारको सिलसिलामा छन् । ‘एक छोरा पञ्जाबमा बस्ने, एकजना सुन्दरहरैँचामा बस्ने र आउजाउ गर्ने हुँदोरहेछ । एक साताअघि छोराकोमा जान्छु भनेर बेलबारीबाट हिँड्नुभएको रहेछ,’ वडाध्यक्ष चौधरीले भनिन्, ‘बेलबारीमा भने छोराकै रिलेसनजस्तो रहेछ । केहीदिन अघि आएर फेरि छोराकोमा जान्छु भनेर हिँडेको पुष्टि भएको छ ।’ उनका अनुसार भारतमा रहेका कान्छा छोरा भने सम्पर्कमा आएका छन् । तर, जेठा छोरासँग भने सम्पर्क हुन सकेको छैन । उनले भनिन्, ‘बेलबारीबाट जेठा छोराकोमा गएको भनेर हिँडेको र हालसम् यो घटना बाहिरिएपछि जेठो छोरा हालसम्म सम्पर्कमा आएका छैनन् । हामीले सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ ।’
प्रतिक्रिया