आइ मार्टको दोस्रो शाखा इलाममा

शनिबार, ०५ साउन २०८१
इलाम / आई मार्ट कुरियरको शाखा इलाम बजारमा स्थापना भएको छ । यो दोस्रो शाखा हो । पहिलो शाखा बिर्तामोडमा छ भने तेस्रो शाखा आइतबार दमकमा स्थापना हुने जनाइएको छ । शाखाको इलाम नगरपालिका वडा न ७ का वडा अध्यक्ष नरेश श्रेष्ठ र कम्पनीका कर्ण गुरुङले रिबन काटेर शाखाको उद्घाटन गरे । अब इलाममा स्थापना भएका वस्तु विदेशसम्म निर्यात गर्न शाखाले पहल गर्ने कम्पनीका अर्जुन उप्रेतीले बताए । सरकारले स्मार्ट सिटीको अवधारणा अघि सारेको बताउँदै स्मार्ट सिटी हुन मार्केटिङ र बजारीकरण समेत स्मार्ट हुनु पर्ने कम्पनीका कर्ण गुरुङले बताए । कुरियर स्थापना पछि इलाम बजारमा बाहिरबाट सामाग्री ल्याउनसँगै इलाममा उत्पादित वस्तु बाहिर निर्यातमा समेत पहल गर्नु पर्ने इलाम नगरपालिका वडा नम्बर सातका वडाध्यक्ष नरेश श्रेष्ठले बताए । उनले जिल्लामा उत्पादित वस्तु बाहिर निर्यातमा आवश्यक सहयोग समेत गर्ने बताउँदै इलाम नगरपालिकाले डिजिटल मार्केटिङमा समेत आउने वर्ष काम गर्ने बताउँदै रकम समेत विनियोजन भएको जानकारी गराए । कार्यक्रममा इलाम उद्योग वाणिज्य सङ्घका महासचिव हेमन्त गौतम, निर्माण व्यवसायी, सञ्चारकर्मी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार