लुम्बिनी : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन्।
आचार्यलाई सोमबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनले नेपाली कांग्रेसको समर्थनमा ५६ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए।
आचार्य संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
अर्घाखाँची निर्वाचत क्षेत्र १ (१)बाट निर्वाचित सांसद आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए।
प्रतिक्रिया