सीटीईभीटी र नेविसंघबीच विद्यार्थीलाई छात्रवाससहित पढाउने सहमति

मंगलबार, ०८ साउन २०८१
काठमाडौँ : सीटीईभीटीले दलित, मुस्लिम र विकट पालिकाका विद्यार्थीहरूलाई यसै शेक्षिक सत्रबाट विशेष छात्रवृत्तिमा पढाउने भएको छ । नेपाल विद्यार्थी संघ र सीटीईभीटीबीच आइतबार भएको सहमति अनुसार ४ सय ८० जनाको कोटामा स्वास्थ्य कार्यक्रम सञ्चालन हुनेछ । छात्रवृत्ति पाउने विद्यार्थीलाई छात्रावासको व्यवस्था पनि हुनेछ । त्यस्तै न्यूनतम शुल्कमा सीटीईभीटीले सबै प्रदेशको आंगिक शिक्षालयमा यसै शैक्षिक सत्रदेखि नर्सिङ, एचए र फार्मेसीको कार्यक्रम सञ्चालन गर्नेछ । यस्तो छ सहमति : १. परिषद् अन्तर्गतका आंगिक शिक्षालयहरूमा स्वास्थ्य कार्यक्रमहरू (नर्सिङ्ग, एच.ए., फार्मेसी) लाई सातवटै प्रदेशहरूमा रहेका संघीय तथा प्रदेश मातहतका सरकारी अस्पतालहरूसँग प्रयोगात्मक अभ्यासका लागि द्विपक्षीय सम्झौता गरी यसै शैक्षिक सत्रबाट संचालन गर्न पहल गर्ने । २. विशेष छात्रवृत्ति कार्यक्रमका लागि तोकिएको जम्मा कोटा संख्या ४८० मध्ये स्वास्थ्य तर्फका कार्यक्रमहरुलाई समेत समावेश गरी भर्ना प्रक्रिया अगाडि बढाउने । ३. अन्य मागहरुका सम्वन्धमा क्रमशः छलफल गर्ने । प्राविधिक शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीहरूका लागि उल्लिखित सहमति कोशेढुङ्गा सावित हुने नेविसंघले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार