मदन पुरस्कारका लागि पाँच कृति छनौटमा

मंगलबार, ०८ साउन २०८१
इटहरी : मदन पुरस्कारका लागि पाँच कृति छनौटमा परेका छन् । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार (२०८०)का लागि प्राप्त भएका ३ सय ४ पुस्तकहरूमध्ये पाँच पुस्तकलाई श्रेष्ठ सूचीमा छनोट गरेको जनाएको छ । यी पाँचमध्ये एक पुस्तकले पुरस्कार प्राप्त गर्नेछ । गुठीले मोहन मैनालीको ‘मुकाम रणमैदान’, भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’लाई शीर्ष पाँच पुस्तकभित्र राखेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार