ताप्लेजुङ/ पाथीभरा मन्दिरमा एक वर्षमा करिब चार करोड भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०।८१ मा ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट ३ करोड ९८ लाख ४१ हजार ९ सय ५८ रुपैयाँ भेटी सङ्कलन हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार सो रकम एक वर्षमा सङ्कलन भएको हो ।
आव २०८०।८१ को एक आर्थिक वर्षमा पाथीभरा मन्दिरमा २ लाख ३१ हजार ३ सय ३४ दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए । भेटिपात्ती, दान, चन्दा, सिक्का सटही, भारु सटही, बैङ्क ब्याज, मर्मत कोषको आय, धरौटी सहितका रकमलाई आय शीर्षकमा आम्दानी राख्ने गरेको छ ।
कार्यकारी निर्देशक हाङवाङका अनुसार गत आवको अल्या ७ करोड ९३ लाख ८७ हजार ३ सय १५ रुपैयाँ रहेको थियो । आव २०८०।८१ मा चालू र पुँजीगत गरी कूल ४ करोड ६७ लाख १९ हजार ८ सय ८७ रुपैयाँ ६४ पैसा खर्च गरी आन्तरिकतर्फ क्षेत्र विकास समितिका बैङ्क खातामा ८ करोड १३ लाख ७९ हजार ३ सय ६३ रुपैयाँ ७३ पैसा मौज्दात रहेको समेत हाङवाङले जानकारी दिए ।
गतको अल्या र भेटिपात्ती सहितको आन्तरिक आय सहित क्षेत्र विकास समितिको आव २०८०।८१ को आन्तरिकतर्फको आव कूल १२ करोड ८० लाख ९९ हजार २ सय ५१ रुपैयाँ ३७ पैसा रहेको थियो ।
प्रतिक्रिया