विदेश घुम्‍न जानेलाई अब डलर सुविधा सहज

शुक्रबार, ११ साउन २०८१
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश घुम्न जानेहरुलाई दिने डलर सटहीको सुविधालाई सहजीकरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिले राहदानी वापत उपलब्ध हुने विदेशी मुद्रा सटही सुविधासम्बन्धी विद्यमान व्यवस्थामा सहजीकरण गर्ने भएको छ । हालसम्म वर्षमा दुई पटकसम्मको लागि राष्ट्र बैंकले विदेश जानेका लागि दिने डलर सटहीको सुविधा एक पटकमा २५ सय डलर दिँदै आएको थियो । अब यो व्यवस्थालाई थप सहजीकरण गर्ने भएको पनि राष्ट्र बैंकले जारी गरेको चालु आव २०८१र८२ को मौद्रिक नीतिमा उल्लेख छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार