प्रभु बैंकको बिर्तामोड शाखाबाट बचतकर्ताको१ करोड बढि रकम गायब,प्रहरीमा दिए पीडितले उजुरी

विहीबार, १७ साउन २०८१
झापा :  झापाको बिर्तामोडस्थित प्रभु बैंकको शाखामा मुद्दतिमा राखिएको एक करोड बढी रकम अवधि पूरा भएपछि झिक्न जाँदा नरहेको पाइएको छ । उक्त बैंकमा झापा बिर्तामोड–७ की मञ्जु नेपालको नाममा रहेको खातामा ०१२०२२७२६०७०००४२ नम्बरको खातामा छ महिनाका गत जनवरी १६, २०२४ मा लागि एक करोड १० लाख ४३ हजार रुपैयाँ बैंकमा राखेको जनाइएको छ । उक्त रकमको अवधि समाप्त भएपछि लिन जाँदा खातामा जम्मा २ लाख रुपैयाँ मात्र भएको बैंकका कर्मचारीले बताएको मञ्जुका श्रीमान् टिकाराम नेपाल (नेति)ले बताए । बैंकमा जम्मा गरेको सबै कागजात आफुसँग रहेपनि खातामा रकम नदेखिएको उनको भनाइ छ । बैंकका कर्मचारी प्रमोद सिटौलाले आफूलाई पैसा जम्मा गरेको भौचर पठाउने गरेको बैंकबाट पीडित हुनुभएका नेतीले बताए । बैंकका कर्मचारी सिटौलालाई सम्पर्क गर्दा तपाईं चिन्ता नगर्नाेस् भनेको र पैसा पाउनुहुन्छ भन्दै विश्वस्त बनाएर हिजोदेखी सम्पर्कबिहीन भएको पीडितको गुनाशो छ । कर्मचारी सिटौला र बैंक विरुद्ध जिल्ला प्रहरी कार्यालय झापामा ठाडो उजुरी समेत दिईसकेको नेपालले जानकारी दिए । उता, बैंकका शाखा प्रमुख गणेशबहादुर बरालले केन्द्रीय कार्यालयमा जानकारी गराइसकिएको बताउनुभएको छ । केन्द्रबाट आज (बिहिबार) छानबिन टोली आउने र थप अनुसन्धान गर्ने उनले बताए । कानूनी बाटोबाट समस्याको समाधान हुने उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार