एमाले कोशीको इञ्चार्जमा शेरधन राई, अरु प्रदेशमा कोको ?

विहीबार, १७ साउन २०८१
इटहरी : नेकपा एमालेले सातवटै प्रदेश इन्चार्जहरू तोकेको छ। बिहीबार बसेको पार्टीको सचिवालय बैठकले सातवटै प्रदेशका इन्चार्जहरू तोक्ने निर्णय गरेको पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिए। पार्टीको निर्णयअनुसार कोशी प्रदेशको इञ्चार्जमा शेरधन राई तोकिएका छन् । यसैगरी मधेश प्रदेशको इन्चार्जमा लिलानाथ श्रेष्ठ र बागमती प्रदेशको इन्चार्जमा राजन भट्टराईलाई तोकेको छ। उता, गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी किरण गुरूङलाई दिएको छ। लुम्बिनी प्रदेशको इन्चार्जमा पद्मा अर्याल, कर्णाली प्रदेशको इन्चार्जमा गोरखबहादुर बोगटी र सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्टलाई तोकेको महासचिव पोखरेलले जानकारी दिए । तोकेको हो। बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीतसमेत गरेको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार