मानसिक समस्या भएकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा तीनजना विद्यार्थी पक्राउ

शुक्रबार, १८ साउन २०८१
चितवन : चितवनमा मानसिक समस्या भएकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा तीनजना विद्यार्थी पक्राउ परेका छन् । जिल्लाको माडी नगरपालिका ७ किर्तनपुर नजिकै एक २७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना विद्यार्थीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख केदारमान दोङले जानकारी दिए । पक्राउ परेका विद्यार्थीहरू चितवन बाहिरका जिल्लाबाट पढ्न माडी आएर बसेका १७, १८ र २१ वर्ष उमेरका छन् । माडीको एक प्राविधिक शिक्षालयमा अध्ययनरत ती विद्यार्थीहरूले डेरा लिएर बसेको घरको कोठामा महिलालाई ल्याएर बलात्कार गरेको आरोप छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार