कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस्

शुक्रबार, १८ साउन २०८१
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् । बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्, अर्थात अनुतिर्ण भएका छन् ।
गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो । देशभरबाट ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको छ । कक्षा १२ को नतिजा नेपाल टेलिकमको विभिन्न माध्यमबाट हेर्न सकिने छ । कक्षा १२ को नतिजा टेलिकमको आईभीआर, एसएमएस, युएसएसडी तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने छ । १६०१ मा फोन गरेर, NEB लेखेर एक स्पेश दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा एसएमएस पठाउन सकिने छ । नेपाल टेलिकमको वेबसाइट neb.ntc.net.np मार्फत मार्कसिटसहितको नतिजा सजिलै थाहा पाउन सकिने छ । अनलाइनमा नतिजा आउन भने केही समय लाग्ने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार