बैतडी / वनभोज गएका बैतडीको दशरथचन्द नगरपालिका १० खडेरीका २५ वर्षीय जीवन बुडाल गएराति मृत फेला परेका छन्। बुडाल दोगडाकेदार गाउँपालिका ४ जाडाबगडस्थित चौलानी नदीमा मृत फेला परेका बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।
हिजो दिउँसो साथीहरूसंगै वनभोज गएका बुडाल घर नफर्केपछि खोजतलास गर्दै जाँदा राति ९ बजे चौलानी नदीमा मृत फेला परेका हुन्। बुडाल मृत फेला परेको खबर आएपछि प्रहरीको टोली आज बिहान घटनास्थलमा पुगेको छ।बुडालको कसरी मृत्यु भयो भन्नेबारे खुल्न सकेको छैन्। घटनाबारे थप अनुसन्धानका भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रतिक्रिया