पहिरोमा पुरिएर सात जनाको मृत्यु

मंगलबार, २२ साउन २०८१
बागलुङ : बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। पहिरोमा पुरिएका चार जनाको उद्धार गरिएको छ। मंगलबार बिहान बडिगाड गाउँपालिका वडा नम्बर ९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो। पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये छ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए। पहिरोमा पुरिएका चार जनाको उद्धार गरिएको छ। उनीहरू घाइते छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार